किन रोएँ? लडेकोले कि दबाएकोले?
फोनमा आलार्म बज्यो फोन हेरे ,आजको मिति २४ तारिक २०२४ परदेश आएको पनि २ महिना भएछ। बिहानको ८ बजे मन नलागी नलागी उठे, किनभने म संगै बस्ने मेरो साथीलाइ ट्रेन स्टेसनमा छोड्नु थियो। राति फूटबल हेरेर ४ बजे सुतेको म उसलाई छोड्न जान तयार त थिए तर मन भने बिस्तारा तिर नै थियो। तल आए साइकल निलाके र साथि र म लागेम ट्रेन स्टेसनतिर। साइकल electirc थियो, दुइ जना बस्दा अलि नियनत्रणमा ल्याउन गारो पर्थ्यो तेही पनि लागेउ दुइ जना बिहानको चिसो हावासगै, राति हेरेको खेलको कुरा गर्दै, लागि रहेउ।
सधै सिटी सेन्टर जादा हामी पढ्ने कलेज देखि जान्थेउ भने आज मैले अर्को बाटो जाने कुरा गरे र हिढेउ हतारमा। ट्रेन हिड्न बिस मिनेट बाकि थियो र हामीलाई त्यहा पुग्दा करिब ३० मिनेट लाग्थ्यो। समय कम भएकाले मैले साइकलको गति धेरै नै बढाएको थिए। ओरालो बाटो , चिसो हावा र सुर्यको किरण लिदै जादै गर्दा बाटो काट्ने जेब्रा क्रोस्सिंग हरियोबाट रातो हुन लागेको थियो। ढिला भएको कारण मैले गति अलि बढाए। भन्नलाइ साइकल भने पनि electirc साइकल भएर स्कुटर चलाए झैँ थियो। बाटो काट्न मैले गति त बढाए तर् दुइ जना भएको भएर साइकल सन्तुलित भएन र हामी दुइ जना नै लड्न पुगेउ।
साइकलअघि ,म छेउमा र मेरो साथि लडेर पनि उठिसकेको थिए र मलाई हात दिए र साइकल उठाएर बाटो पारि गएउ। उसको हातमा सानो काटेको थियो भने मेरो दाहिने खुट्टामा नराम्रो संग लग्यो। मलाई केहि दुखे झैँ थिएन केबल उसलाई स्टेसन पुराउने कुरा दिमागमा थियो। उसलाई बस्न लगाए र हिडेउ हामी , बाटो ओरालो थियो लोटिसकेको भएर होला अघिको झैँ कुदाउन मन लागेन। बिस्तारै हाक्न खिजेको थिए आनी थाहा पाए साइकलको त ब्रेकको तार नै छुटिएको रहेछ। हामी कोठा देखि बिना ब्रेकको साइकलमा आएका रहेछौ। त्यो देख्न साथ साइकल रोक्न खोजे बाटो ओरालो थियो ब्रेक थिएन जसो तसो रोके र आफै ब्रेक बनाए अनि लागे स्टेशन तिर, अनि १५ मितेटमा पुगे स्टेसनमा ।
साथीलाई छोडेर फर्किदा बल्ल चस्क्न थाल्यो तर त्यो लडेर लागेको चोट थिएन खै के थियो सारै नै दुखिरह्यो। एक्कासी आँखाबाट गाला तातो बनाउदै आँसु झरे, तर किन आसु झरे मलाई थाहा नै भएन। बाटो धमिलो देखियो, अनि हुत्तिदै फर्किए घर तिर धमिलो बाटो हातले संग्लो बनाउदै।
म जुन ठाउँमा लडे त्यहि पुगे त्यहाँ भन्दा अलि माथि बेन्चको छेउमा साइकल राखी म त्यहि बसे र प्रश्न गरे मेरो बाटो धमिलो पर्ने मेरा आशुलाइ। उसले भन्यो,” यो आसु त साइकलबाट लडेको आशु हैन , यो धेरै पुरानो आसु हो जुन तैले आफुलाई कम्जोर न देखाउन थिचेर राखेको थिइस् , सम्झी त तैले तेरो मन पर्ने मान्छेको मन न दुखोस् भनेर आफ्नो मनमा भएका कुरा मनमा राखेको, सम्झी त तेरो इक्षा एकातिर हुदा समाजले के भन्ला भनेर अर्को बाटो साचेको, भयो भो भन्दिन कति छन् तेरा यस्ता चोटहरु भनि साध्य छैन। तेरो सम्बंधको बिछोड, मनको एक्लोपन , पुरा नभएका सपना , पुग्न नसकिने कल्पना, एरपोर्टको तेरो आमाको आसुको दृस्य(drishya) जस्तै अरु कति कुराले तेरो आसुको किनार कत्रो भाको छ तलाइ थाहा छ? अलिकति हावा लाग्दा निस्किन खोजे तेरो मन पखाल्न खॊजे तर तैले बुझेनस रोकी हालिस आशु। अब त बुझे होलास नि म साइकलबाट लडेर आएको आसु हैन म , तलाई जिन्दगीले नमज्जाले पछार्दा पनि न निस्केको आसु हु, निकाल्दे कान्छा।अब सबै आसु फेरी फेवाताल होला नि आँखामा, हलुका बनाइ मन ;बगाइदे सबै तेरा चोटका धाराहरु।”
थाहा नपाई मेरा आसु बग्न थाले कतै पहिरो ले थुनिएका नदि जस्तै, अनि संग्लाई दियो यो मन अनि भने मेरो आँसुलाइ अबदेखि पर्दैन त हावा संगै आउन, तलाई मेरो मन संगै बगाउछु कुर्नु पर्दैन अब तैले सानो चोटको बाहना , मन दुख्ने बित्तिकै बगाई हाल्छु अनि संग्लो पर्छु मन, झरी पछिको मौसम झैँ सुन्दर , शान्त र संग्लो।
एकदम मिठो प्रयास भानिज, लेख्ने काम निरन्तर रहोस्। सिर्जनाहरू अझै उत्कृष्ट बन्दै जाउन।
ReplyDelete